धनगढीले सुरु गरेका यी चार उपब्धि, जसको किन हुन्छ सधै चर्चा ? 



वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हाे धनगढी । सुन्दर सुदूरपश्चिमका मुख्य अभियन्ता गोपाल हमाल उपमहानगरपालिकाका मेयर हुन्।

उनले धनगढीको नेतृत्व समालेसँगै उनी स्थानीयस्तरमा मात्र नभएर राष्ट्रियस्तरमै चर्चामा छन् । यसको मुख्य कारण हो उनले गरेर देखाएको कार्यप्रगति । उनी नेतृत्वको जनप्रतिनिधिले धनगढीमा मुख्य गरी चारवटा काम देखिने गरी र उपमहानगरवासीले महसुस गर्ने गरी गरेको छ ।

कुल १९ वडा रहेको धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’, ‘हरियाली प्रबद्र्धन’, ‘आमा बचाऔं अभियान’ र ‘हरगडी नगरप्रहरी’ कार्यक्रम सफल रुपमा कार्यान्वयन गरेको छ ।

यी कार्यक्रमको महालेखा परीक्षक कार्यालयले पनि मुख्य उपलब्धिको रुपमा अथ्र्याएको छ । उपमहानगरले ‘उज्यालो धनगढी’, अन्तर्गत तीन सय ४६ को संख्यामा स्मार्ट स्ट्रिट लाइट, चार सय ३० को संख्यामा स्ट्रिट लाइट तथा १५ वटा हाइमास्ट लाइट जडान गरेको छ ।

जसका कारण धनगढी यतिबेला झिलीमिली छ । यो कामको धनगढीबासीले मात्र प्रशंसा गरेका छैनन यसको तारिफ प्रदेशभरी नै हुने गरेको छ ।

उपमहानगरपालिकाले देखिने गरी उपलब्धि हासिल गरेको अर्को कार्य हो, ‘हरियाली प्रबद्र्धन’ यो कार्यअन्तर्गत १९ हजार चार सयको संख्यामा वृक्षारोपण गरेर हुर्काने काम भइरहेको छ ।

यसमा फलफूलका विरुवा पनि समावेश छन् । ट्रि–गार्डसहित ती विरुवा हुर्काने काम धनगढी उपमहानगरले गर्दै आएको छ । यस कार्यको सिको केही छिमेकी पालिकाले पनि गर्दै आएका छन् ।

उपमहानगरपालिकाले गरेको तेस्रो मुख्य कार्य हो ‘आमा बचाऔं अभियान’ । यो अभियान अन्तर्गत चार सय ५४ गर्भवती र सुत्केरी आमाले सेवा प्राप्त गरिसकेका छन् । यस अभियानबाट विशेष गरी आर्थिक रुपमा विपन्न एवं ग्रामीण समुदायका महिलाहरु सबैभन्दा बढी लाभान्वित बनेका छन् ।

यस्तै उपमहानगरपालिकाको चौथौ महत्वपूर्ण कार्य हो, ‘हरगडी नगरप्रहरी’ । यो कार्यबाट उपमहानगरपालिकाले २ सय २९ जनालाई शव वाहन सेवा, एक सय २ जनालाई शव चिस्यान सेवा, ४७ बाढीपीडितको उद्धार र एक सय ५४ जनाको आकस्मिक उद्धार गरेर नगरप्रहरी उपमहानगरवासीको मानव सेवामा समर्पित छ भन्ने कार्यलाई प्रमाणित गरिदिएको छ ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी