कैलालीमा शिक्षकको रहस्यमय मृत्युपछि विद्यार्थीको रुवाबासी 



अत्तरियाः कैलालीमा एक जना शिक्षकको रहस्यमय मृत्यु भएपछि विद्यार्थीहरुको रुवाबासी चलेको छ ।

जिल्लाको जानकी गाउँपालिका–४ को जनता नमुना माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षक जगदीश पन्तको शङ्कास्पद मृत्यु भएपछि विद्यार्थीको रुवाबासी चलेको हो ।

घटना शंकास्पद भएपछि विद्यार्थी, शिक्षक र स्थानीयले इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्दै घटनाको सत्यतथ्य तत्कार बाहिर ल्याएर दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

आइतबार ठुलो संख्यामा विद्यार्थी, शिक्षक–शिक्षिका र स्थानीय इलाका प्रहरी कार्यालय टीकापुर घेराउ गर्न पुगेका थिए । घटनापछि भने प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

पेय पदार्थमा विषादी मिसाएको र सो पेय पदार्थ पन्तले सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ ।घटनाबारे बुझ्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक नवीनराजा बुढाथोकीले जानकारी दिए ।

शिक्षक पन्त विगत १७ वर्षदेखि विद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका थिए । बिदामा घर गएका शिक्षक पन्त साउन ३ गते  धनगढीबाट फर्केका थिए । उनीसँग अर्का एक जना शिक्षक समेत फर्केका थिए ।

उनीहरू दुबै जना दुगौलीमा अलग–अलग घरमा डेरा गरी बस्ने गरेको विद्यालयले जनाएको छ । दुबैजना शिक्षक आ–आफ्नो डेरामा गएको केही समयपछि मृतक पन्तले ती अर्का शिक्षकलाई फोन गरेर टीकापुर बोलाएका थिए ।

उनी टीकापुर पुग्दा पन्त एक होटलमा छटपटाइ रहेको अवस्थामा फेला परेका थिए । उनीहरूले पन्तलाई उपचारका लागि टीकापुर अस्पताल लगेका थिए । तर चिकित्सकले पन्तलाई मृत घोषणा गरेका हुन् ।

त्यसपछि घटना शंकास्पद भएको भन्दै सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन आफन्तले माग गरेका छन् ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी