धनगढीमा आगलागी, आठवटा सटरमा राखिएको सामान जलेर नष्ट 



धनगढीः कैलालीको धनगढीमा आगलागीबाट आठवटा सटरमा क्षति पुगेको छ ।

धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकका सटरमा अचानक विद्युतको तार सर्ट भएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगलागीबाट विश्वप्रकाश कँडेलले सञ्चालन गरेको हेलेन ट्रेड एण्ड सप्लायर्सको चार सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलको तीनवटा सटर र सेन्टर पोइन्ट रेस्टुरेन्टमा क्षति भएको छ।

आइतवार राति पौने ११ बजेतिर लागेको आगो दमकल, सुरक्षाकर्मी, स्थानीयको सहयोगमा राति १२ बजे नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक बालनरसिंह राणाको कमाण्डमा नेपाल प्रहरीको ४५ जनाको टोली, सहायक प्रहरी निरीक्षण सरोज खतिवडाको कमाण्डमा सशस्त्र प्रहरीको २५ जनाको टोली खटेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाको दुई र गोदावरी नगरपालिकाको एकवटा दमकल प्रयोग गरिएको थियो। आगलागीबाट सटरमा रहेका सामान जलेर खरानी भएका छन् । क्षतिको एकिन विवरण भने आउन बाकी नै छ ।


कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी