कञ्चनपुर राष्ट्रिय स्वतन्त्र पार्टी भीमदत्त नगर समितिका सचिव रामदत्त भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भट्टलाई पक्राउ गरेको हो ।
भट्टसंगै उनकी धर्मपत्नि पनि पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले आत्महत्या दुरुत्सानको आरोपमा भट्ट र उनकी पत्निलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए ।
प्रहरी प्रवक्ता बोहराका अनुसार भट्ट दम्पत्तिलाई अनुसन्धानका लागि जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।
भीमदत्त नगरपालिका-७ की एक महिलाले आत्महत्या गरेपछि भट्ट दम्पत्ति विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी परेको हो ।
भट्ट २०८१ को उप९निर्वाचनमा रास्वपाबाट भीमदत्त नगरपालिका-६ नम्बर वडाको निर्वाचन लडेका थिए ।








प्रतिक्रिया दिनुहोस