कैलालीमा प्रहरी नायब निरीक्षक कारागार चलान 



अत्तरिया: नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक हरजीत नाथ पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

कैलाली जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरेको हाे । कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए ।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिससिंह पालीको असार २ गते मृत्यु भएको थियो ।

राति कारागारको सौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । जेठ २९ गते डडेल्धुराबाट पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो । 

पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र आफ्नो श्रीमानको कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।

कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ

अत्तरिया: कैलालीमा लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन्। जिल्लाका

गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गर्न अनुगमन

महेन्द्रनगरः गड्डाचौकी–अत्तरिया सडक स्तरोन्नी गरिने भएको छ। सो सडकलाई चार

कैलालीको गौरीफन्टा नाकाबाट समातिए ५२ तोला सुन र ७८० ग्राम चाँदीसहित ४ जना नेपाली

धनगढी: कैलालीको गौरीफन्टा नाकाबाट ५२ तोला सुन र झण्डै एक

धनगढीका ८७ घरधुरी जोखिममा, इन्धन डिपो अन्तै सार्न ज्ञापनपत्र

धनगढीः कैलालीको धनगढीमा मुख्य गरी ८७ घरधुरी जोखिममा छन्। बिच

७ अर्वमा बन्दैछ सुदूरपश्चिममा आईसीपी, अनि खुल्नेछ ‘व्यापारको ढोका’

अत्तरिया: सुदूरपश्चिमलाई भारतका ठुला औद्योगिक क्षेत्रसँग जोड्न एकीकृत जाँच चौकी